सुन प्रकरण र संसद अवरोधबारे एमालेको आज विशेष पत्रकार सम्मेलन

राष्ट्रपाटी न्युज

२८ श्रावण २०८०

काठमाडौँ । नेकपा एमालेले सुन प्रकरण र संसद अवरोधबारे आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो पौने १ बजे विशेष पत्रकार सम्मेलन गर्न लागिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।

उनले वर्तमान समसामयिक राजनीति, संसदको गतिरोध, सुन तस्करी प्रकरण लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने जानकारी दिए ।


Published :२८ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media