एन-प्याब्सन काठमाडौं अध्यक्षको प्रतिष्पर्धामा होम बहादुर अधिकारी (मनोज)

काठमाडौं। निजि विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सन काठमाडौं जिल्लाको अधिवेशन यहि भाद्र २७ गते हुने भएको छ । अधिवेशन नजिकिदै गर्दा जिल्लाको नेतृत्व गर्न चाहने आकांक्षीहरु पनि देखिन थालेका छन् ।

यसै क्रममा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलका प्रिन्सिपल होम बहादुर अधिकारी (मनोज) ले पनि आफ्नो उम्मेदवारी घोषणा गरि प्रचार प्रसारका कार्यक्रमहरुलाई तिव्रता दिएका छन् ।

हाल नेशनल प्याब्सन काठमाडौं जिल्लाको उपाध्यक्ष तथा तालिम बिभाग प्रमुख रहेर दर्जनौ अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका लिडर तथा शिक्षक तालिम कुशलता र सफतापुर्बक सम्पन्न गरिसकेका होम बहादुर अधिकारी (मनोज) आफू अध्यक्ष बन्ने कुरामा शत प्रतिशत विश्वस्त रहेको बताउछन्।

मानव अधिकारको संरक्षण र प्रबर्धनका लागि बिश्वब्यापी रुपमा कार्यरत सस्था एम्नेस्टी ईन्टरनेशनल नेपालको केन्द्रिय उप-महासचिब, सफल युवा नेतृत्व बिकासमा योगदान गर्ने अन्तर्राष्ट्रिय सस्था जेसिजको केन्द्रिय नोमलोम कोर्डिनेटर,लायन्स, रोटरी र हिसान बागमती प्रदेश कमिटीमा रहेर काम गरेका होम बहादुर अधिकारी(मनोज) ले आफु अध्यक्ष निर्बाचित भएमा नेशनल प्याब्सन काठमाडौलाई राजनीतिक प्रभाब र गुटबन्दीबाट मुक्त बनाउदै बिसुद्ध ब्याबसायिक र सम्मानित सस्थाको रुपमा विकास गर्ने बताएका छन्।

सामुहिक नेतृत्व प्रणालीबाट एक सदस्य वा पदाधिकारी एक जिम्मेवारी मार्फत निजि बिध्यालयको ब्रान्डिङ र स्तर वृद्धि,आपतकालीन कोष स्थापना, गुणस्तरीय शैक्षिक वातावरण ,बैज्ञानिक मुल्यांकन प्रणाली र बिध्यार्थीहरुको ब्याबहारिक सीप बिकास केन्द्रित रहने बताउदै अधिकारीले अतिरिक्त क्रियाकलापका लागि नियमित तालीम र ब्यबस्थापकिय सहयोगमा दिदै निजि बिध्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको अभिलेखिकरण गरी सम्बन्धित निकायमा पेश गर्ने योजना अघि बढाउने आफ्नो मुख्य काम रहने बताउदै सहयोगका लागि आग्रह गरेका छन् ।


Published :भदौ ५, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media