कपन प्रहरी प्रभागको प्रमुखबाट ५ महिना मै सरुवा भइन् स्मृति सिलवाल

काठमाडौं। कपन प्रहरी प्रभागको प्रमुखबाट स्मृति सिलवाल सरुवा भएकी छिन्। २०७९ साल फागुन २५ गते प्रभाग प्रमुखको रूपमा आएकी सिलवाल सरुवा भएकी हुन्।

त्यसैगरी कपन प्रहरी प्रभागको प्रमुखमा नवराज सापकोटा सरुवा भएर आएका छन्। सिन्धुपाल्चोकको मेलम्ची ईलाका प्रहरी कार्यालय प्रमुखको रुपमा रहेका निरीक्षक नवराज सापकोटा प्रहरी प्रभाग कपनमा सरुवा भएर आएका हुन्।

कपन प्रहरी प्रभागबाट सरुवा भएकी प्रहरी निरीक्षक सिलवाल प्रहरी प्रधान कार्यालय सरुवा भएकी छन् ।

कपन प्रहरी प्रभागमा आयोजित विशेष समारोहमा स्मृति सिलवाललाई बिदाई एबम सापकोटालाई स्वागत कार्यक्रम आयोजना गरिएको छ।


Published :भदौ ७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media