
काठमाडौं। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० र काठमाडौं महानगरपालिका वडा ६ र ७ को बिचमा खहरे खोला खोल्दा ठुलै झडपको स्थिति सिर्जना भयो। काठमाडौं महानगरपालिका र बूढानिलकण्ठ नगरपालिका बिचमा नै झडपको स्थिति निम्तीए पछि सहमति गर्दै खहरे खोला खोल्ने क्रम जारि नै छ। हाल मिलनचोक तरकारी बजार आरम्भ चोक सम्म खोलिएको खोला अब के हुने भन्ने अन्यौलमा आरम्भ चोक हुँदै तेञ्जिङ्ग चोक तथा त्यस भन्दा माथिका बासिन्दा रहेका थिए। अब त्यो अन्यौल पनि करिव हट्ने भएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह, बूढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी तथा उपत्यका बिकास प्राधिकरणका इन्जिनियरहरु सहितको बैठकमा यो कुरा करिव टुंगिएको हो। उक्त बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्नो सिमा क्षेत्रको खोला खोलेरै छोड्ने बताएको बूढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले राष्ट्रपाटिलाइ जानकारी दिएका छन्। जति घर वा जग्गा परेपनि छिटै चखुंचा खोला खोलिने अडानमा मेयर बालेन शाह रहेको बताइएको छ। बालेन शाहको यो अडान पछि खोलाहरु खोलिने अवस्था बनेको छ भने बक्स कल्भर्ट बनाउन जारि भएको टेन्डर भने अन्यौलमा परेको छ।
यसरी महानगरले आफ्नो सिमा क्षेत्रमा खोला खोले पछि कपन क्षेत्रको यज्ञमति खोला खोल्ने कि नखोल्ने भन्ने बिषयमा थप अन्यौल सिर्जना हुन पुगेको छ।