नेपालले गुमायो छैटौँ विकेट

राष्ट्रपाटी न्युज

१८ भाद्र २०८०

काठमाडौँ ।  पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा छैटौँ विकेट गुमाएको छ । ३१ ओभर ५ बलमा एक सय ४४ रन बनाउँदा नेपालले ६ विकेट गुमाएको हो ।

श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले छैटौँ विकेटका रुपमा गुल्शन झालाई गुमाएको हो । उनले ३५ बलमा २३ रन बनाए ।

नेपालले यसअघि कुशल भुर्तेल, भीम सार्की, कप्तान रोहित पौडेल, कुशल मल्ल र आशिफ शेखलाई गुमाएको थियो । खेलमा आशिफले ५८ रन बनाएका थिए भने कुशल भुर्तेलले ३८ रन बनाए भने भीमले सात, रोहितले ५ तथा कुशल मल्लले दुई रन जोडेका थिए ।


Published :१८ भाद्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media