संघीय शिक्षा ऐन संसदमा पेस गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झा नियुक्त गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यसअघि आयोगको उपाध्यक्षको नाम सिफारिस गर्न गठित सिफारिस समितिले आयोगको उपाध्यक्ष नियुक्तिका लागि डा. अञ्जनीकुमार झा, डा. प्रविण मिश्र र डा. श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको थियो ।

बैठकले शिक्षा ऐन संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ भने स्वास्थ्य क्षेत्रको लैंगिक समानता सामाजिक समावेशीकरण रणनीति २०८० स्वीकृत गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

बैठकले तेजाब तथा अन्य रासायनियक घातक पदार्थ नियमन नियमावली २०८० स्वीकृत गरेको छ, संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धी विधेयक २०८० संसदमा पेश गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताइन् ।

त्यस्तै बैठकले निजामती सेवा दिवसका अवसरमा ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।


Published :भदौ २१, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media