बूढानिलकण्ठ। अखिल नेपाल महिलासंघ बूढानीलकण्ठ – ११ वडा कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलनवाट सर्बसम्मत रुपमा साबित्रादेबी कार्कीको अध्यक्षतामा पदाधिकारी तथा सदस्यहरु निर्वाचित भएको नेकपा एमाले बूढानीलकण्ठ – ११ वडा कमिटीका सचिव अंगुर पौडेलले जानकारी दिएका छन्।
गिता मिश्र पुडासैनीको सभापतित्व तथा अस्मिता बरुवालले संचालन गरेको उक्त कार्यक्रमको प्रमुख अतिथी अनेमसंघ बागमती प्रदेश कमिटि सचिबालय सदस्य गंगा मैनाली रहेकी थिइन् भने विशेष अतिथीको रुपमा बागमती प्रदेशसभा सदस्य जयराम थापा एबम वडा अध्यक्ष राजु अधिकारी रहेका थिए।त्यसैगरि अनेमसंघ जिल्ला कमिटी सदस्य तथा बुनपा इन्चार्ज भगवती निरौला , वडा नम्बर ११ इन्चार्ज कन्चन बास्तोला , वडा नम्बर ११ नेकपा एमाले अध्यक्ष कृष्ण भट्टराई लगायत महिला नेत्रीहरुको उपस्थिति रहेको थियो ।
अनेमसंघ जिल्ला कमिटी सदस्य तथा बुनपा इन्चार्ज भगवती निरौलाको अध्यक्षतामा बनेको अध्यक्ष मन्डलले निम्न पदाधिकारीहरु सर्बसम्मत रूपमा निर्बाचित गरेको छ।
अध्यक्ष – साबित्रादेबी कार्की
उपाध्यक्ष – भूमिका कार्की
सचिव – अस्मिता बरुवाल
कोषाध्यक्ष – शारदा के.सी