बूढानिलकण्ठमा निजामती दिवसमा कसैले बाधेनन कालोपट्टी,आन्दोलन घोषणा मै सिमित

राष्ट्रपाटी न्युज

२५ भाद्र २०८०

बूढानिलकण्ठ। बूढानिलकण्ठ नगरपालिकाका कर्मचारीहरुले भाद्र २२ गते निजामती सेवा दिवसको अवसरमा कुनै पनि कार्यक्रम नगर्ने र सो दिवसमा कालोपट्टी बाधेर विरोध जनाउने भनि प्रमुख प्रशाशकिय अधिकृत तुलसीराम अर्याललाइ ज्ञापनपत्र बुझाएका थिए । निजामती र स्थानीय तहका कर्मचारीहरु विच व्यापक विभेद गरिएको भन्दै स्थानीय तहका कर्मचारीहरुको नेतृत्वमा बिभिन्न माग राखेर ज्ञापनपत्र बुझाइएको थियो।

ज्ञापनपत्रमा सामान्य प्रसासन मन्त्रालयले भाद्र ४ गते गरेको पत्राचारलाई नमान्ने भन्दै ८ वटा मागहरु राखिएको थियो।

तर भाद्र २२ गते निजामती सेवा दिवसको दिन उक्त बिरोध कार्यक्रम कार्यान्यवन भएको देखिएन । प्राय सबै जसो कर्मचारीहरु शुक्रवार भएकोले बाहिरि पोशाकमा थिए भने कसैले पनि कालो पट्टि बाधेका थिएनन। केहि कर्मचारीहरुलाइ कालो पट्टिको बारेमा चासो राख्दा अनविज्ञता व्यक्त गरेका थिए।

भाद्र २२ गते निजामती सेवा दिवसको अवसरमा कुनै पनि कार्यक्रम नगर्ने र सो दिवसमा कालोपट्टी बाधेर विरोध जनाउने भनि प्रमुख प्रशाशकिय अधिकृत तुलसीराम अर्याललाइ ज्ञापनपत्र समेत बुझाई सकेको अबस्थामा आन्दोलन कार्यान्यवन नहुनुले कर्मचारी बीच एकता नदेखिएको र हालको स्थानीय तहको तर्फबाट कर्मचारीको नेतृत्व गर्ने नेतृत्वलाइ अन्य कर्मचारीहरुले विश्वास गर्ने अबस्था नबनेको बूढानिलकण्ठ नगरपालिकाका कर्मचारीको भनाइ छ ।


Published :२५ भाद्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media