
काठमाडौँ । विद्यालय शिक्षा ऐन २०८० को विधेयक संसदमा दर्ता भएको छ। मन्त्रिपरिषदबाट पारित भएसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयक संसद् सचिवालयमा दर्ता गराएको हो ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले विधेयक संसद्मा दर्ता भएको बताए । संसद्मा दर्ता भएसँगै सांसद्हरूले विधेयकमाथि छलफल गरेर अगाडि बढ्नेछन्। दर्ता भएको विधेयक अब बस्ने संसद् बैठकमा छलफलका लागि पेश गरिनेछ ।
ससंद्ले सिधै पास गरेर अघि बढ्ने वा संसदीय समितिमा पठाउने भन्ने विषयमा निर्णय गर्नेछ । प्रवक्ता शर्माले समितिमा पठाएर छलफलमार्फत निर्णय हुन सक्ने बताए ।
यसअघि गत साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले संसद्मा पेश गर्ने निर्णय गरेको थियो । तर, उक्त विधेयकमाथि चौतर्फी विरोध भएको थियो। विरोधपछि सरकारले पुनः संशोधन गरेर अघि बढ्ने भन्दै संसद्मा दर्ता गराएको थिएन ।
मस्यौदामा व्यापक संशोधन गरेपछि मन्त्रीपरिषद् बैठकले पारित गरेर संसदमा पेश गर्ने निर्णय गरेको थियो ।
पूर्णपाठ :