राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनको आठौँ जिल्ला अधिवेशन सम्पन्न, को-को बने पदाधिकारी ?

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाण्डौ जिल्ला समितिको आठौँ अधिवेशन काठमाडौँको सोल्टी होटेलमा सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ रहेका  थिए । सो कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमाल, सहअध्यक्ष सुवास न्यौपानेलगायतका अन्य पूर्व अध्यक्षहरूले शुभकामना मन्तब्य दिएका थिए ।

सो आठौँ जिल्ला अधिवेशनले अमृत खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । नवनियुक्त कार्यसमिति सदस्य राजेश्वर तिवारीले सो अधिवेशनले निम्नअनुसार पदाधिकारी रहेको कार्यसमिति चयन गरेको जानकारी दिएका छन् ।

१.अध्यक्ष: अमृत खडका

२.वरिष्ठ उपाध्यक्ष : होम बहादुर अधिकारी

३. उपाध्यक्ष : समिर बास्तोला, प्रेम कुमार भुजेल, बिनय श्रेष्ठ, नारायणबाबु तिम्सिना, माधवप्रसाद अधिकारी

४ सचिव: रामबाबु सेढाई

५ कोषाध्यक्ष : राजन श्रेष्ठ

५ सहसचिब: शिवराम गिरी, प्राप्ति मल्ल

६ सहकोषाध्यक्ष : टंकबहादुर थापा, सम्झना लामा, मोहन अधिकारी

७ सदस्यहरु : राजेश्वर तिवारी, नारायण सापकोटा, नारायण पोख्रेल, पबित्रा थापा, उत्तम वाग्ले, अन्जु थापा, सन्तु खड्का, महेशकुमार पौडेल, सुरेश चन्द्र अधिकारी, खेम प्रसाद मिश्र, जयाराम लामिछाने, लक्ष्मी घले गुरूङ, बाल मुकुन्द मैनाली, गणेश धिताल, मिलन कँडेल क्षेत्री, दिनेश घिमिरे,मेनुका पोख्रेल ।


Published :भदौ २८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media