काठमाडौँ। वर्ल्डमार्ट युनिक सोलुशन प्रा.लीद्धारा सञ्चालित अर्गानिक फार्म हाउस तथा मौलिक भान्छाघर र मौलिक बजारले हिन्दु नारीको महान चाड हरितालिका तीजको अवसरमा भदौ ३० र ३१ गते ४२ व्यञ्जन परिकारको दर खुवाउने र ४२ व्यञ्जन परिकार मेला निरन्तर आयोजना गर्ने भएको छ ।
आफ्नो जात धर्म अनुसार मनाइने मौलिक चाडपर्व र यसमा खाइने विशेष परिकारको महत्व बुझाउने उद्देश्यले हरितालिका तीजको अवसरमा मौलिक भान्छाघरले ४२ व्यञ्जन परिकारको बुफे र थाली प्याकेजबाट –दरखाने साथै स्थानीय मौलिक उत्पादन र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । मौलिक भान्छाघरले तीजको दर खाने अवसरलाई लक्षित गरी विशेष छुट सहित चाहे जति मात्रामा ४२ व्यञ्जन खाने गरी स्टल बुफे थाली प्याकेज पनि ल्याएको छ । मौलिक भान्छाघरले ४२ परिकारको बुफे/थाली प्रति व्यक्ति १९९९ को मात्र ९९९, बुफे प्रति जोडी २९९९ को १९९९, कम्बो बुफे ४ जना ३९९९ को २९९९ र कम्बो बुफे ५ जना भन्दा माथिको लागि प्रति थाली ९९९ को अब मात्र ७०० सयमा उपलब्ध गराएको छ ।
भदौ अन्तिम साता अर्थात हरितालिका तिजबाट सुरु गरेर यो प्याकेज १ वर्षसम्म हरेक हप्ताको शुक्रबार र शनिबार नियमित रुपले सञ्चालन गर्न लागेको छ । काठमाडौंको बुढानिलकण्ठ –१० कपन, आकाशेधारा नजिक गैह्रीगाउँमा वल्र्डमार्ट युनिक सोलुशन प्रा.लि ले अर्गानिक फार्मिङ, पशुपन्छी फार्म, फार्मस्टे सहितको नमुना परियोजना सञ्चालन गरिररहेको छ । परियोजनाको अबधारणा अनुसार एक स्थानीय तह, एक उत्पादन ब्रान्डिङ गर्न प्रशोधन तथा ब्रान्डिङ उद्योग र ७५३ स्थानीय तहमै खरिद–बिक्री केन्द्र सञ्चालन गर्ने उद्देश्य अनुरुप मौलिक बजार तथा मौलिक संग्राहलय सञ्चालन गरिरहेको छ । साथै देशभित्रका मौलिकचाडपर्व,संस्कृति र रैथाने परिकारको प्रवर्धन गर्ने उद्देश्यले ७ प्रदेश,७ परिकार तथा चौरासी व्यञ्जनको मेनु सहित मौलिक–भान्छाघर र सांस्कृतिक हल समेत सञ्चालनमा ल्याएको छ । साथै मौलिक बजारले यही २०८० भदौको अन्तिम साताबाट सुरु गरेर (वर्षभरी ५२ साता) हरेक सप्ताहन्तको शुक्रबार र शनिबार मौलिक भान्छा घरमा विभिन्न ८४ व्यञ्जन परिकारका स्वाद पस्किने गरेको छ ।
देशभरि उत्पादन भएका स्थानीय मौलिक उत्पादन ७५३ पालिकाबाट संकलन गरी प्याकेजिङ, ब्रान्डिङ समेत गरी सुपथ मुल्यमा खरिद बिक्री व्यवस्थापन गर्दे आएको मौलिक बजारले अब प्रत्येक पालिका र कृषक हाटबजार सहभागीतामा उत्पादन मेला (स्टल) हाटबजारमा सहभागी हुनका लागी आव्हान गरेको छ । साथै ८४ व्यञ्जन मध्ये ४२ व्यञ्जनको थाली सहित सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको छ ।२०८० भदौ २८ गतेदेखि ३१ गतेसम्म तीज (दर) विशेष कार्यक्रम सञ्चालन गरिने छ ।
विशेषता : * ४२ परिकारको दरको चाहेजति मात्रामा खाने गरी स्टल राखिने छ । * विशेष छुटमा दरको ४२ व्यञ्जन उपलब्ध गराइने छ । *विशेष छुटमा मौलिक उत्पादन खरिद बिक्री गरिनेछ । * स्थानीय पालिकालाई मौलिक उत्पादन तथा विभिन्न जातजाति विशेष रैथाने खाना प्रवद्र्धनका लागि स्थान उपलब्ध गराउनेछ । * होममस्टे सहित आफैंले खाना पकाएर खान चाहेमा पनि सोको समेत व्यवस्था रहेको छ ।
कार्यक्रम गरिने मिति, समय र स्थान
तीजको दर खाने अवसरबाट सुरु गर्ने गरी विशेष समारोहको बीचमा १ वर्षसम्म हरेक हप्ताको शुक्रबार र शनिबार मौलिक उत्पादन तथा ४२ व्यञ्जन परिकारको निम्न मितिहरुमा निम्नानुसार क्रियाकलापहरु गरिनेछ
१.मितिः भदौ ३० र ३१ गते .
२. स्थानः बुढानिलकण्ठ नगरपालिका वडा नंं १०, गैह्रिधारा, आकाशधारा, कपन, काठमाडौं
३. समयः १ः०० बजेदेखि दिउँसो ६ः०० बजेसम्म