सहमति भएको भन्दै बूढानीलकण्ठ एमालेको कार्यक्रम एकाएक स्थगित !!

राष्ट्रपाटी न्युज

३० भाद्र २०८०
काठमाडौँ। नेकपा (एमाले )मा  बागमती प्रदेस अधिवेसनका लागि बुढानिलकण्ठबाट प्रतिनिधि जाने नेताहरुको नाममा सहमति भएको  छ।
असोज ८ र ९ गते काठमाण्डौमा हुने प्रथम प्रदेस अधिवेसनका लागि बुढानिलकण्ठबाट २७ जना आकांक्षीहरु रहेका थिए ।त्यसमध्येबाट १२ जनाको नाम सहमतिमा टुंगो लगाइएको हो। नेकपा एमाले केन्द्रीय सदस्य तथा बुढानिलकण्ठ इन्चार्ज सरिता न्यौपानेको उपस्थितिमा भएको आकांक्षीहरुको छलफलले निम्न नामहरुमा सहमति भएको  छ ।
१. उद्दव खरेल
२. केदारराज पुडासैनी
३.. मुरारी भन्डारी
४.जयराम थापा
५ .लक्ष्मी सङ्रौला
६ .मधु अधिकारी
७ . राधेश्याम भन्डारी
८ .टिकेस नारायण श्रेष्ठ
महिला :
१. रमा राई
२. सीता पौडेल
३. राममाया महर्जन
४. दुर्गा थापा
यसैबीच भाद्र ३० गते वडा नं १३ को सार पार्टी प्यालेसमा ११ बजे देखि ३ बजेसम्म प्रतिनिधिहरु बीचमा औपचारिक कार्यक्रम हुने र छनौट भएकाहरुको औपचारिक घोषणा गरिने कार्यक्रम अकस्मात स्थगित गरिएको छ। सहमतिमा प्रतिनिधि छनोट भएकोले कार्यक्रम स्थगित गरिएको नेकपा एमाले बूढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदिप डङ्गोलले जानकारी दिएका छन् ।
सहमतिय  प्रक्रियाबाट बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी चयन हुन सकेका छैनन् भने कतिपय दावेदारहरुले  सामाजिक संजाल मार्फत असन्तुष्टि जनाइरहेका छन् । यस्तो अबस्थामा आम संगठित सदस्यहरुको विचबाट नामहरु अनुमोदन गरेर लोकतान्त्रिक चरीत्र देखाउनुको सट्टा जबर्जस्ति सहमतिको नाममा जिल्लामा नाम पठाउने कार्य निरंकुश भएको आम कार्यकर्ताको गुनासो रहेको छ।


Published :३० भाद्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media