म बागमती प्रदेश कमिटि सदस्यको शसक्त दावेदार हुँ – मिठाराम अधिकारी

राष्ट्रपाटी न्युज

३० भाद्र २०८०

काठमाडौँ। नेकपा (एमाले )मा  बागमती प्रदेस अधिवेसनका लागि बूढानिलकण्ठबाट प्रतिनिधि जाने नेताहरुको नाममा सहमति भएको छ।तर बूढानीलकण्ठ नगरप्रमुख एबम बर्तमान बागमती प्रदेश कमिटि सदस्य मिठाराम अधिकारीको नाम भने यो प्रक्रियाबाट चयन हुन सकेन। सहमतीय प्रक्रियामा धेरैको दावी र भिडभाड भए पछि उनले आफ्नो नाम फिर्ता लिएको बताइएको छ। उनलाई माथिल्लो कमिटीले मनोनित गर्ने कुरा करिव निश्चित जस्तै भएको श्रोतको दावी छ।

असोज ८ र ९ गते काठमाण्डौमा हुने प्रथम प्रदेस अधिवेसनका लागि बुढानिलकण्ठबाट २७ जना आकांक्षीहरु रहेका थिए ।त्यसमध्येबाट १२ जनाको नाम सहमतिमा टुंगो लगाइएको हो।

यसैबीच बूढानीलकण्ठ नगरप्रमुख एबम बर्तमान बागमती प्रदेश कमिटि सदस्य मिठाराम अधिकारीले आफू प्रदेश कमिटि सदस्यको शसक्त दावेदार भएको बताएका छन्। राष्ट्रपाटी डट कम संग बिशेष कुराकानी गर्दै उनले आफूलाई जनता र कार्यकर्ताले पटक पटक चुनेको र यो पटक पनि फेरी प्रदेश कमिटि सदस्यको रुपमा चयन गर्ने कुरामा ढुक्क रहेको बताएका हुन।

बूढानिलकण्ठ नगरपालिकाबाट अधिकारीका अतिरिक्त उद्धव प्रसाद खरेल, मुरारी भण्डारी ,केदारराज पुडासैनी ,जयराम थापा,सीता पौडेल लगायत प्रदेश कमिटि सदस्यको रुपमा दावेदार छन्।

 


Published :३० भाद्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media