पुष्पलाल मेमोरियल स्कुलको दोस्रो सांगीतिक प्रस्तुति पनि चर्चामा

राष्ट्रपाटी न्युज

३१ भाद्र २०८०

काठमाडौँ। पुष्पलाल मेमोरियल सेकेण्डरी स्कुलले यो वर्ष २०८० मा ‘स्कुल जान्छु म´ पछि अर्को बाल गीत नेपाली १२ महिना´ बजारमा आएको छ । पुष्पलाल मेमोरियल स्कुलका संगीत शिक्षक उत्तम पौडेलको रचना र संयोजन( संगीत) मा तथा कक्षा छ मा अध्ययनरत छात्रा रोजी बराइली र कक्षा पाँचमा अध्यनरत छात्र विश्वराज कार्कीको स्वरमा यो गीत रेकर्ड गरिएको हो।

`स्कुल जान्छु म´ प्रकाशन भएको करिब दुई महिनापनि नपुग्दै यसमा आधारित भएर धेरै विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले सयौं टिकटक बनाइसकेका छन् भने लाखौँको भ्यूज समेत गएको छ।

नेपाली १२ महिनामा आधारित भएर अहिले सम्म त्यस्ता उत्कृष्ट बालगीत नबनिसकेको परिप्रेक्ष्यमा यो गीतमा बालबालिकाहरूलाई बाह्रवटा महिनाको विशेषता, हावापानी र त्यसमा बालबालिकाहरूले पालना गर्नुपर्ने नियमको बारेमा चर्चा गरिएको छ। यो बालगीत पनि पहिलो जस्तै लोकप्रिय हुने विस्वास गरिएको छ।

भिडियो तलको लिंकमा हेर्न सकिनेछ।


Published :३१ भाद्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media