शेखर पक्षको बैठकमा विश्वप्रकाश र प्रदीपलाई पनि आमन्त्रण

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक बोलाएका छन्।

कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजेका लागि बैठक बसेको एक नेताले जानकारी दिए।

भोलिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि आमन्त्रण गरिएको ती नेताले बताए ।

१४ औं महाधिवेशनपछि पहिलो पटक महामन्त्री शर्मा र नेता पौडेलले शेखर समूहको बैठकमा सहभागी हुने निम्तो पाएका हुन्।

असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकमा सामूहिक रूपमा प्रस्तुत हुन कोइरालाले आफू पक्षको बैठक बोलाएको देखिन्छ । यसअघि गगन–शेखर समूहमा फरक मत आएको चर्चा हुने गरेको थियो ।


Published :अशोज १, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media