पार्टीको नाम फेर्न माओवादी केन्द्र तयार

राष्ट्रपाटी न्युज

३ आश्विन २०८०

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको नाम फेर्ने निर्णय गरेको छ।

विभिन्न वामपन्थी दलसँग पार्टी एकता गर्न पहल गरिरहेको माओवादी केन्द्रले पार्टीको नाम फेर्न लागेको हो।

माओवादी केन्द्रले लामो समयदेखि नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपालगायतसँग एकताका लागि पहल र छलफल गर्दै आएको छ ।

पार्टीको नाम फेर्नेबारे आगामी महाधिवेशनमा छलफल गरेर ठोस निर्णय लिन सकिने माओवादी केन्द्रको भनाइ छ । माओवादी नाम राख्दा अन्य वामपन्थी दलले प्रचण्ड नेतृत्वको दलसँग एकता नगर्ने भएकाले नाम फेर्ने उक्त पार्टी तयार भएको हो ।

वर्तमान सत्ता गठबन्धन जोगाउन र दीर्घकालीन रुपमा पार्टी एकता गरेर ठूलो शक्ति बन्ने उद्देश्यका राखेर चार दलको मोर्चाले सन्देशसभा गर्दै आएका छन् । उनीहरुसँग समाजवादी मोर्चा गठन गरेर एक चरणको प्रदेशस्तरीय कार्यक्रमसमेत गरेका छन् ।

हाल समाजवादी मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका छन् । ६–६ महिनामा अध्यक्ष गर्ने व्यक्ति परिवर्तन हुने नीति रहेको छ । समाजवादी मोर्चा नेपालले सात वटै प्रदेशमा मोर्चा गठनको निर्णय गरेको छ भने केहि प्रदेशमा गठनसमेत भइसकेका छन् ।


Published :३ आश्विन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media