एमाले कर्णाली प्रदेश अध्यक्षका दुई प्रत्यासीद्वारा उम्मेदवारी फिर्ता

राष्ट्रपाटी न्युज

अशोज १३, २०८०

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्षका उम्मेदवारमध्ये दुई दाबेदारले उम्मेदवारी फिर्ता लिएका छन् ।

अध्यक्षका पाँच उम्मेदवार मध्ये राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन ।

निर्वाचन समितिका अनुसार कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता गराएका थिए । जसअनुसार अध्यक्षका लागि गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका थिए ।

आज हुने निर्वाचनले एमाले कर्णाली अधिवेशनले पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।

कर्णालीका १० जिल्लाका ६०४ प्रतिनिधिहरूले मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन् ।


Published :अशोज १३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media