एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि आइतबार बिहान मतदान

राष्ट्रपाटी न्युज

अशोज १३, २०८०

वीरेन्द्रनगर । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनको नेृतत्व चयन प्रक्रिया लम्बिएको छ। शनिबार दिउँसो १२ बजे हुने भनिएको मतदान आइतबार बिहान ८ बजेका लागि सरेको छ।

शनिबार दिउँसो १२ बजे गर्ने भनिएको मतदान दिउँसो २ बजे सारिएको थियो। त्यो समय फेरि साँझ ६ बजे सारियो। राति मतदान गर्न सहज नहुने भएकाले आइतबार बिहानका ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान गर्ने समय तोकिएको छ। मतपत्र छपाईको काम चलिरहेको र शनिरबार राति सबै मतपत्रहरू छपाई सकिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ।

सबै उम्मेद्वाहरूको अन्तिम नामावलीसमेत र्साजानिक भइसकेकाले आइतबार बिहान ८ बजेदेखि मदतान सूरु हुने निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए। उनले भने, ‘मतपत्र छपाई भइरहेको छ। शनिबार दिउँसो बत्ति नभएकाले मतपत्र छपाईको काम हुन सकेन। त्यसैले राति मतपत्र छापेर बिहान मतदान सुरु गर्ने तयारी गरिएको छ।’

कर्णालीको नयाँ नेतृत्वका लागि अहिलेसम्म अध्यक्षमा तीन जनाको उम्मेदवारी कायम रहेको छ। शुक्रबार पाँच जनाले उम्मेदवारी दिएकोमा दुई जनाले फिर्ता लिएका थिए।  कालिकोटका प्रेमबहादुर सिंह र दैलेखका राजबहादुर शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। अब कालिकोटकै मीनबहादुर शाही, सल्यानका गुलाबजंग शाह र कालिकोटका प्रकाश रोकायाको उम्मेदवारी कायम छ ।


Published :अशोज १३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media