प्रदेश खारेजीको माग गर्दै प्रदर्शन

राष्ट्रपाटी न्युज

अशोज २०, २०८०

विराटनगर । प्रदेश खारेजीको माग गर्दै कोसी प्रदेशको राजधानी विराटनगरमा शनिबार प्रदर्शन गरिएको छ। सचेत नागरिक अभियानका नाममा प्रदर्शन गरिएको हो ।

त्यस क्रममा मोटरसाइकल र्‍यालीसमेत निकालिएको छ । कञ्चनबारीबाट सुरु भएको र्‍यालीले विराटनगरका विभिन्न भागको परिक्रमा गरेको थियो।

प्रदर्शनकारीले मुलुकलाई भार पर्ने हिसाबले ल्याइएको प्रदेश खारेजी हुनुपर्ने, महँगी र कालोबजारी नियन्त्रण हुनुपर्ने, धार्मिक सहिष्णुता कायम गर्नुपर्ने, सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने, राजनीतिक अपराध बन्द गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्नेलगायतका नारा लगाएका छन्।

प्रदेशमा बढ्दो राजनीतिक अस्थिरतासँगै सडकबाटै प्रदेश खारेजीको आवाज उठ्न थालेको हो। दलहरूले बेलैमा बुद्धि नपुर्याए संघीयताविरोधी आवाज मजबुत भएर मुलुकको व्यवस्था नै धरापमा पर्न सक्ने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन् ।


Published :अशोज २०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media