कोसी प्रदेशसभाको बैठक कात्तिक १ मा बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने

राष्ट्रपाटी न्युज

अशोज २९, २०८०

काठमाडौँ । कोसी प्रदेशसभाको बैठक आगामी कात्तिक १ गते बुधबारका लागि बोलाइएको छ । असोज २० गते स्थगित भएको बैठक उक्त दिन बस्न लागेको हो ।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुअगावै पदबाट राजीनामा दिएपछि असोज २० गते बैठक स्थगित गरिएको थियो ।

प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी सो बैठक कात्तिक १ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको जनाएको छ ।

बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेका छन् ।

नेकपा एमालेका ३९ र कांग्रेसको शेखर कोइराला समूहका ८ प्रदेशसभा सदस्यको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले हिजो पद तथा गोपनीयताको शपथ लिँदै तीन सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए ।


Published :अशोज २९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media