लुम्बिनी सरकारद्वारा अस्पताल विकास समिति खारेज

राष्ट्रपाटी न्युज

कार्तिक १, २०८०

दाङ । लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति गठन खारेज गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारअन्तर्गत रहेका १३ वटा अस्पतालका अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निर्णय गरेको गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।

उनले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृतसमेत गरिएको छ। त्यस्तै स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति (चौथो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निणर्य गरिएको छ।

सिकलसेल, थालेसेमिया र हेमोफिलियाका विरामीको परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत, आँखाको नानी निःशुल्क प्रत्यारोपण (कर्निया ट्रान्सप्लान्टेसन) शोध भर्ना सम्बन्धी कार्यविधि, २०८० स्वीकृत भएको छ। चालिस वर्षभन्दा माथिको लागि नसर्ने (मधुमेह, उच्च रक्तचाप र मृगौला रोग स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत गर्ने, जेष्ठ तथा अति असक्त नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत गर्ने निणर्य भएको छ ।


Published :कार्तिक १, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media