बूढानिलकण्ठ-१२ तेन्जिङ्ग चोक क्षेत्रमा तोडफोड गर्ने तिन जना रिहा

राष्ट्रपाटी न्युज

कार्तिक २०, २०८०

बूढानिलकण्ठ। बूढानिलकण्ठ नगरपालिका वडा नं १२ तेन्जिङ्ग चोक क्षेत्रमा रहेका गमला र गमला स्ट्याण्डहरु सहितका सार्वजनिक सम्पत्ति तोडफोड गरेको आरोपमा पक्राउ परेका तिन जना रिहा भएका छन् । वडा नं १२ को सौन्दर्यिकरणका लागि तेन्जिङ चोक क्षेत्रको सडकमा राखिएका गमला र गमला स्ट्याण्डहरु तोडफोड गरेको आरोपमा उनिहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्य एकजना नाबालक (१४ बर्ष) रहेको वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले जानकारी दिएका छन्। उनका अनुसार रातिको समयमा मदिरा सेवन गरि झन्डै डेढ लाख बराबरको तोडफोड भएको छ। केहि समय अघि देखि चर्चामा समेत रहेका गमला र गमला स्ट्याण्डहरु तोडफोडमा कुनै राजनीतिक चलखेल छ कि भन्ने आशंका सबैको मनमा छ। तर उक्त घटना कसैबाट गराइएको नभई मदिराको तालमा बढेको उग्रताले घटेको पक्राउ परेकाहरुबाट खुल्न आएको छ।

भएको सबै क्षतिपूर्ति तिर्ने गरि जनप्रतिनिधिहरु, समितिका पदाधिकारीहरु तथा वकिल सहितको उपस्थितिमा सहमति भएको कपन प्रहरी प्रभागले जानकारी दिएको छ । सहमति पछि केहि दिन नियमित चौकीमा हाजिर हुने गरि उनीहरु रिहा भएको बताइएको छ।

कार्तिक १८ गते रातीको समयमा सो क्षेत्रको सडक पेटीमा रहेका गमला ,फुल र स्ट्याण्डहरुलाई पेटीबाट सडकमा फालिएको थियो भने अन्य संरचनाहरुमा पनि क्षती पुर्याइएको थियो।


Published :कार्तिक २०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media