बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिका वडा नं १० ले भोलि कार्तिक २५ गते शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । बुढानिलकण्ठ-१० स्थित रुद्रमती कोरिडोरमा रहेको कार्की इभेन्ट्समा कार्यक्रम आयोजना गर्न लागिएको हो।
बिहान ७ बजे शुरु हुने शुभकामना तथा चियापान कार्यक्रममा सहभागिताका लागि वडाध्यक्ष नवराज भट्टराईले सम्पूर्ण वडावासीमा अनुरोध गरेका छन् ।
विभिन्न पर्वहरुको अवसरमा हुने सो शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको प्रचार र समन्वय गर्नका लागि वडाका संघसंस्था, युवा क्लब, महिला समूह तथा अन्य सरोकारवालाहरुमा वडा नं १० ले आग्रह गरेको छ ।