बालउद्दार मावी बूढानिलकण्ठ-१० मा व्यबस्थापन समिति गठन प्रक्रिया शुरु

राष्ट्रपाटी न्युज

मंसिर ६, २०८०

बूढानिलकण्ठ। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको बहुचर्चीत बालउद्दार माध्यमिक बिधालयमा बिधालय व्यबस्थापन समिति गठन प्रक्रिया शुरु भएको छ। विधालयका प्रधानाध्यापक विनोद पण्डितले एक सूचना जारि गर्दै यहि मङ्सिर २२ गते शनिवार बिहान ८ बजे बिधालय हलमा अभिभावक भेला आब्हान गरेका छन्।

उक्त भेलाबाट सात सदस्य मध्य दुइ सदस्य(एक महिला एक पुरुष) चयन गरिने हुनाले उपस्थितिका लागि सबै अभिभावकलाइ अनुरोध गरिएको छ।

सात सदस्य मध्य एक जनप्रतिनिधि सहित तिन जना वडा कार्यालयले चयन गर्नेछ भने एक शिक्षक प्रतिनिधि शिक्षक मध्य बाट छनोट हुनेछन। त्यसैगरी विधालयका प्रधानाध्यापक सदस्य सचिव हुनेछन।

यस अघि गत भाद्र २५ गते बूढानिलकण्ठ नगरपालिका शिक्षा महाशाखाले एक सूचना जारि गर्दै भाद्र १३ गतेको कार्यपालिका निर्णय अनुसार वडाध्यक्ष मुख्य जिम्बेवार हुने भएकाले वडाध्यक्षसंग समन्वय गरि सूचना बमोजिम व्यबस्थापन समिति गठन गरि महाशाखामा जानकारी गराउन अनुरोध गरेको थियो ।


Published :मंसिर ६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media