प्रतिगामीको सपना कहिल्यै पूरा हुँदैनः प्रधानमन्त्री दाहाल

राष्ट्रपाटी न्युज

मंसिर ६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् ।

सरकारी लिखतहरूमा नेपाल संवत्‌ समेत उल्लेख गर्ने सरकारको निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रममा उनले प्रतिगामीकाे सपना कहिल्यै पूरा नहुने बताएका हुन् ।

प्रधानमन्त्रीले नेपाल संवत् नेपालको मौलिक संवत् भएको समेत बताए । उनले भने, ‘हामीले विक्रम संवतको प्रयोग गरिरहेका छौं । कतिपय सन्दर्भमा अंग्रेजी संवत् पनि लेखिन्छ । तर, नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् हो । यसलाई राष्ट्रिय संवतका रूपमा विकसित तुल्याउनुपर्दछ ।’

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठ, कांग्रेसका नेता भीमसेनदास प्रधान, नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।


Published :मंसिर ६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media