दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको समर्थन

राष्ट्रपाटी न्युज

मंसिर ७, २०८०

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बल्खुमा आयोजना गरेको आन्दोलन स्थल पुगेर राप्रपाले समर्थन जनाएको छ ।

राप्रपाका सांसद् तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले कार्यक्रम स्थल पुगेर समर्थन जनाएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको राजसंस्थासहितको पार्टीको एजेन्डा बोक्ने जो कोहीलाई नैतिक समर्थन रहने उनले बताएका थिए।

दुर्गा प्रसाईका समर्थक बल्खु छाडेर कालिमाटीतर्फ निषेधित क्षेत्र तोडेर जान थालेपछि केही बेर अवस्था तनावग्रस्थ बनेको थियो ।

भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास तथा पानीका फोहोरा प्रहार गरेको थियो। प्रसाईंका समर्थक र प्रहरीबीच झडप हुँदा एक जना गम्भीरसहित २६ जना घाइते भएका छन् ।


Published :मंसिर ७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media