काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन भएका विभिन्न पदमा कार्यरत २६ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ ।
आइतबार एक सार्वजनिक सूचना जारी गर्दै कार्यालयले करिब तीन महिनादेखि कुनै जानकारीविना नै सम्पर्कविहीन भएका उनीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन भनेको हो ।
कार्यालयले सम्पर्कविहीन प्रहरीहरूको नाम र ठेगाना सार्वजनिक गर्दै हाजिर हुन भनेको हो ।