२६ जना प्रहरी सम्पर्कविहीन, सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

राष्ट्रपाटी न्युज

मंसिर १०, २०८०

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन भएका विभिन्न पदमा कार्यरत २६ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ ।

आइतबार एक सार्वजनिक सूचना जारी गर्दै कार्यालयले करिब तीन महिनादेखि कुनै जानकारीविना नै सम्पर्कविहीन भएका उनीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन भनेको हो ।

कार्यालयले सम्पर्कविहीन प्रहरीहरूको नाम र ठेगाना सार्वजनिक गर्दै हाजिर हुन भनेको हो ।

 


Published :मंसिर १०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media