नेपाल वेयर हाउजिङको आईपीओ खुला

राष्ट्रपाटी न्युज

मंसिर १०, २०८०

काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा ११ लाख ४१ हजार २५० कित्ता सेयर खुला  गरेको हो ।

उक्त आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका निम्ति आवेदन दिन सकिनेछ । आइतबारबाट निष्कासन भएको आईपीओमा १३ मंसिरसम्म आवेदन दिन सकिनेछ ।


Published :मंसिर १०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media