केपी ओली कपः बागमतीलाई हराउँदै आर्मी फाइनलमा

राष्ट्रपाटी न्युज

१४ मंसिर २०८०

पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी- २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

विहिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

बागमतीले दिएको १२८ रनको लक्ष्य पछाएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि बागमतीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १२७ रन बनाएको थियो ।

केपी ओली टी- २० को अर्को सेमिफाइनलमा आजै एपीएफ र मधेश प्रदेशबीच खेल हुदै छ ।

 


Published :१४ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media