एमालेको लोकमार्ग यात्रा गोठलापानीमा

राष्ट्रपाटी न्युज

१४ मंसिर २०८०

काठमाडौं । आजबाट सुरु भएको नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा गोठलापानी बैतडी पुगेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी आज बिहान सुरू गरेका थिए, सो यात्राको पहिलो स्टेशनको रुपमा गोठलापानी, बैतडी पुगेको हो ।

हाल पुष्पलाल राजमार्गसमेत भनिने मध्य पहाडी राजमार्गको करिब १ हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा आजबाट सुरू भएको हो, जुन पुस ५ गते

चिवा भञ्ज्याङमा पुगेर समापन हुदैँछ ।

‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिको लागि संकल्प यात्रा’ नाम दिईएको उक्त पदयात्राको क्रममा मध्य पहाडी राजमार्गका मुख्य सहरहरुमा आमसभा गर्ने एमालेले जनाएको छ ।


Published :१४ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media