रक्तदान कार्यक्रम आयोजना गर्दै शुभप्रभात नेपाल

राष्ट्रपाटी न्युज

मंसिर १४, २०८०

काठमाडौं। शुभप्रभात नेपालले शनिवार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

प्रत्येक वर्ष आयोजना गर्दै आएको रक्तदान कार्यक्रमको निरन्तरता स्वरुप शुभप्रभात नेपालले यसै शनिवार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको कार्यक्रम संयोजक रामजी थपलियाले जानकारी दिएका छन् ।

मंसिर १६ गते शनिवार सुकेधारा चोक प्रहरी बिट नजिक बिहान १० बजेबाट रक्तदान कार्यक्रम शुरु गरिने भएको हो ।

हाल भैरहेको रगतको अभावलाई पूर्ति गर्नका लागि संस्थाद्वारा रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष गणेश मिश्रले बताएका छन्।


Published :मंसिर १४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media