शुभ प्रभात नेपालको रक्तदान कार्यक्रम भव्यरुपमा सम्पन्न

राष्ट्रपाटी न्युज

१७ मंसिर २०८०

काठमाडौं। शुभ प्रभात नेपालको आयोजनामा काठमाडौंको सुकेधारामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
“स्वस्थ जीवनको आधार : विहानी यात्रा नै पूर्वाधार “ भन्ने मुल मान्यतामा आस्था राख्दै समाज सेवा,परसेवा र मानव मात्रको कल्याणको परिकल्पनासहित विविध कार्यक्रम गर्दै आएको सो सस्थाले विगत तेह्र वर्षदेखि एउटा स्थानमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।

रामजी प्रसाद थपलियाको संयोजनमा आयोजित उक्त रक्तदान कार्यक्रममा ७५ जना रक्तदाताहरुले रगतको दान गरेका थिए । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त रक्तदान कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई , बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराई , समाजसेवी लक्ष्मी सङ्ग्रौला , रामप्रसाद लुइटेल , कुमार खरेल , शम्भु पौडेल , गोविन्द कट्वाल ,देवी रेग्मी ,चन्द्रमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

रक्तदाताहरुलाई प्रमाणपत्र , सस्थाको लोगो अंकित टोपी र खाजाको समेत राम्रो ब्यवस्था गरिएको उक्त कार्यक्रमको सभापतित्त्व अध्यक्ष गणेशकुमार मिश्रले गरेका थिए ।

कार्यक्रमलाई सफल पार्न योगदान दिने सवै महानुभावप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा एकताको भावनासहित समाज र नागरिकहरुको सेवामा लाग्ने अध्यक्ष मिश्रले विश्वास व्यक्त गरेका छन् ।


Published :१७ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media