भव्य बन्यो बूढानीलकण्ठको १० औं नगर स्थापना दिवस

राष्ट्रपाटी न्युज

१७ मंसिर २०८०

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकाले १० औ नगर स्थापना दिवस भव्यताका साथ मनाएको छ । दिवसको अवसर पारेर मंसिर १६ गते नगरपालिका प्राङ्गणमा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी , उपप्रमुख अनिता लामा, प्रशासकीय अधिकृत तुल्सीराम अर्याल सहित सम्पुर्ण जनप्रतिनिधि लगायत कर्मचारी र विभिन्न संघ संस्था तथा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो । नगर प्रमुख मिठाराम अधिकारीका अनुसार बिहान ७ बजे देखी ११ बजे सम्म चलेको कार्यक्रममा १६७० जनाको उपस्थिति दर्ता भएको थियो ।

कार्यक्रममा आएका सबैलाई जनप्रतिनिधि लगायत कर्मचारीहरुले गेटबाटै स्वागत गरेका थिए । कार्यक्रममा नगरपालिकाका कर्मचारी लगायत नगरप्रहरीहरुले साँस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।कार्यक्रम स्थलको अर्कातिर डिजिटल वोर्डमा नगरपालिकाको ‘भिडियो डकुमेन्टेड’ प्रगति विवरणहरु प्रदर्शन गरिएको थियो ।

सोहि अवसर पारेर नगरपालिकाले उत्कृष्ठ करदाता र उत्कृष्ठ जि.पि.ए. प्राप्त गरेका विद्यार्थीहरुलाई सम्मान समेत गरेको थियो । सदाझैं नगरपालिका प्राङ्गणमा हरेक शनिवार लाग्ने स्थानीय रैथाने कृषि तथा हाटबजार संचालन भईरहेको थियो ।

साथै, नगर प्रमुख मिठाराम अधिकारीद्वारा नगरपालिका करदाता सहायता कक्षको शुभारम्भ समेत भएको छ ।

अनौपचारीक रुपमा सुरु भएको कार्यक्रममा प्रदेश माननीय जयराम थापा, चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरि, बुढानीलकण्ठ निवर्तमान नगर प्रमुख उद्दव प्रसाद खरेल, निवर्तमान उपप्रमुख रमा देवि राई लगायत अन्य सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


Published :१७ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media