
बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ ले प्रथम वडाध्यक्ष खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ।
आगामी मंसिर २३ गते विहान ७ बजे बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ स्थित पुरानो चिल्ड्रेन पार्क फुलबारी मार्गमा कार्यक्रमको आयोजना हुन गईरहेको वडाध्यक्ष सुरेन्द्र लामाले जानकारी दिएका छन्।
उक्त कार्यक्रममा सहभागी हुन सम्पूर्ण खेलप्रेमी, बुद्दिजिवि, पत्रकार, समाजसेवी लगायत सम्पूर्ण वडाबासिलाइ उनले अनुरोध गरेका छन्।