एनसेलको सेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

राष्ट्रपाटी न्युज

२१ मंसिर २०८०

काठमाडौं । उच्च अदालत पाटनले एनसेलको सेयर खरिद बिक्री रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश पुरुषत्तोमप्रसाद ढकालको एकल इजलासले एनसेलको सेयर खरिद बिक्री प्रक्रियामा पूर्व स्वीकृत नलिएको देखिएकाले कम्पनी रजिस्ट्रारको कार्यालयविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

संसदको सार्वजनिक लेखा समितिले एनसेलको खरिद बिक्री रोक्का गर्न नेपाल सरकारलाई अनुरोध गरेको, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बन्धित निकायलाई अनुसन्धान गर्न निर्देशन दिइसकेको र नेपाल दूरसञ्चार प्राधिकरणले समेत सेयर खरिद बिक्री गर्दा स्वीकृति नलिएको प्राप्त मसिलको आधारमा उक्त आदेश दिएको हो।

दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) र सो को विनियमावली २०७३ को विनियम ४ (क) बमोजिम सेयर खरिद बिक्रीमा स्वीकृति नलिएको भन्दै उच्च अदालत पाटनले मंसिर २५ गतेसम्मको लागि खरिद बिक्री भएका एनसेलका सेयरहरू दर्ता किताबमा दर्ता नगर्न नगराउनु विपक्षीका नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) (क) बमोजिम यो अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अदालतले विपक्षी भनिएका कम्पनी रजिस्ट्रारको कार्यालयलाई २५ गते हुने छलफलमा उपस्थित हुन त्यस सम्बन्धमा कुनै निर्णय भएको छ भने सो निर्णयसमेत लिई उपस्थित आदेश दिएको छ ।


Published :२१ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media