नयाँ टेलिसिरियल ‘सिन्दूर पोते’

राष्ट्रपाटी न्युज

मंसिर २५, २०८०

काठमाडौँ । टेलिसिरियलको भीडमा नयाँ टेलिसिरियल थपिएको छ ।

नेपाली समाजमा नारीहरूले भोग्दै आएको कथा व्यथामा, घरेलु हिंसा, महिला हिंसामा आधारित टेलिसिरियल ‘सिन्दूर पोते’ थपिएको हो। सिरियलका लेखक तथा निर्देशक राजबहादुर साने हुन् ।

सिरियलमा किशोर खतिवडा, काजल भुजेल, जानुका विके, सपना श्रेष्ठ, कृष्ण खड्का, शुभम गौतम, मोहन भण्डारी, श्रद्धा कँडेल, एकराज थापा, करिश्मा खतिवडा, नवीन घिमिरे, दुर्गेश थापा, अनिता श्रेष्ठ, सुशील थापा, धर्मराज फुयाँल, शशिला फुयाँल, डेन्जर दादा, सिता कार्की र टुपीको अभिनय छ ।

सिरियलमा पुर्ण स्वायोगको पाश्र्व संगीत र सबटाइटल, वीरेन्द्र परियारको छायांकन, चेतन सामतको सम्पादन, कलर र लोगो, देव कुमार महर्जनको एक्सन, विशाल बराल र रतन नेपालीको सह निर्देशन, देवकुमार महर्जनको एक्सन र कृष्णबहादुर भट्टराई र काजल भुजेलको निर्माण छ ।

यो सिरियल कृपा टिभीको युट्युब च्यानलबाट हरेक शनिवार बेलुका ५ बजे सार्वजनिक हुने बताइएको छ ।


Published :मंसिर २५, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media