भावनामा नबग्न पहिचान पक्षधरलाई ओलीको आग्रह

राष्ट्रपाटी न्युज

२६ मंसिर २०८०

ओखलढुंगा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार साम्प्रदायिकता भड्काउन लागिपरेको आरोप लगाएका छन् ।

झुलाघाट-चिवाभञ्ज्याङ अभियानका क्रममा ओखलढुंगाको हर्कपुरमा सम्बोधन गर्दै उनले सरकार सामाजिक सद्भाव बिगार्न लागिपरेको बताए। एमालेको अभियान रोक्न पहिचान पक्षधरका नाममा गठबन्धन दलका नेताहरू नै लागिपरेको उनको भनाइ छ।

पहिचान पक्षधरलाई भावनामा नबग्न उनले आग्रह गरे। सद्भाव कायम गरेर राष्ट्रिय एकता कायम गरेरमात्र देश बनाउन सकिने उनको भनाइ छ।

संवैधानिक बाटाहरू प्रयोग गरेर सबैखाले मतभेद्हरू हल गर्न सकिने उनले बताए। पिहचान पक्षधरको निषेधको राजनीतिप्रति कटाक्ष गर्दै उनले सरकार साम्प्रदायिकता भड्काउनेहरूलाई प्रोत्साहन गर्न लागेको र त्यही आडमा केही अराजक गतिविधि भइरहेको बताए।

उनले देशलाई ब्युँझाउन, उठाउन र राष्ट्रिय एकता कायम गर्न मध्यपहाडी पदयात्रा अभियान ल्याइएको बताए।


Published :२६ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media