
बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिका वडा नं ६ ले जनप्रतिनिधिसित मर्निङवाक कार्यक्रम आयोजना गर्ने भएको छ।
यहि मंसीर ३० गते बिहान ६:४५ बजे उक्त कार्यक्रम आयोजना गरिएको वडा नं ६ का वडाध्यक्ष रबि खड्काले जानकारी दिएका छन्।
कार्यक्रम च्यासुन्डोल भद्रकाली डेरिबाट सुरु भएर बिष्णुमती,ओखलगाउ, खत्रीगाउँ, सेराफाट, पासिकोट ,इटालीटार ,गणेश चोक र टनगाउ हुँदै खड्का गाउँ वडा भवन अगाडि आएर समापन हुने बताइएको छ।
निरन्तर रुपमा रचनात्मक गतिविधिहरु संचालन गर्दै आएको यस वडाले आयोजना गर्ने यो मर्निङवाक कार्यक्रमले वडा भित्रका नागरिक र स्थानीय जनप्रतिनिधिहरु बीच थप घनिष्ट सम्बन्ध स्थापित हुने र वडाको समृद्वी र बिकासमा टेवा पुर्याउने विश्वास वडाध्यक्ष खड्काले व्यक्त गरेका छन्।
उक्त कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी , उपप्रमुख अनिता लामा , नगर प्रवक्ता नबराज भटराई ,प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल लगायत वडा समितिका सदस्यहरु ,पत्रकारहरु तथा सम्पूर्ण नागरिक सहभागी हुने उनले जानकारी दिएका छन्।