कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

राष्ट्रपाटी न्युज

मंसिर २८, २०८०

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

आज बस्ने बैठकमा महासमिति बैठकको तयारी, समसामयिक राजनीति र जाजरकोट भूकम्पलगायत मुख्य एजेण्डामा छलफल हुने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ ।


Published :मंसिर २८, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media