३० लाख धरौटीमा थुनामुक्त हुँदै पूर्वगृहमन्त्री खाँण

राष्ट्रपाटी न्युज

मंसिर २८, २०८०

काठमाडौं । नक्कली भुटानी शरर्णाथी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री कांग्रेस नेता बालकृष्ण खाँण आज थुनामुक्त हुने भएका छन् ।

उनी उच्च अदालत पाटनको धरौटीमा थुनामुक्त गर्ने आदेशपछि आज थुनामुक्त हुने भएका हुन् । उच्च अदालतले ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो ।

उच्चको आदेशपछि आज पूर्वं गृहमन्त्री खाँण जिल्ला अदालत पुगेर धरौटी बुझाएका हुन् ।

उनी सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगी प्रक्रिया पूरा गरेपछि थुनामुक्त हुनेछन् ।

जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाएर खाँण अहिले सम्पत्ति शुद्धीकरण विभाग गएका छन् ।

त्यसको केहीबेरमा केन्द्रीय कारागार जगन्नाथदेवलले उनलाई छाड्ने छ । उनी बैशाख २७ गते पक्राउ परेका थिए ।


Published :मंसिर २८, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media