एमाले बूढानीलकण्ठ-१२ को भोलि हुने वडा अधिवेसनको तयारी पुरा

राष्ट्रपाटी न्युज

मंसिर २८, २०८०

बूढानीलकण्ठ। नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं १२ को भोलि मंसिर ३० गते हुने दोश्रो वडा अधिवेसनको तयारी अन्तिम चरणमा पुगेको छ। बूढानीलकण्ठ – १२ स्थित इभर साइन पार्टी प्यालेसमा भोलि बिहान १०.३० बजे देखि उद्धघाटन कार्यक्रम शुरु हुने सचिव बिष्णु भट्टराईले जानकारी दिएका छन्।

बूढानीलकण्ठ नगरपालिकाका १३ वटा वडाहरु मध्य पहिलो वडा अधिवेशन गर्न लागेको वडा कमिटीले अधिवेशनको तयारीका क्रममा छलफल र बैठकलाई तीव्रता दिइएको छ ।

अधिवेसन हुन केहि दिन मात्र बाँकी रहँदा माथिल्लो कमिटीका नेताहरुको उपस्थितिमा वडास्तरीय छलफलको आयोजना गरेर नेतृत्व चयनलाई बहसमा ल्याइएको छ। नेकपा एमालेको मजबुत संगठन रहेको वडाका रुपमा पहिचान बनाएको वडा नं १२ मा गणतन्त्रको स्थापनापछि भएका दुवै स्थानीय निर्वाचनमा नेकपा एमालेले प्यानल सहित जितेको छ ।

यसैबीच उक्त अधिवेशन मार्फत नेतृत्व लिनका लागि आधा दर्जन भन्दा धेरै आकांक्षीहरुले दावी गरेका छन्। एमालेको पकड क्षेत्र तथा एकताको संदेश दिने वडा भएको भन्दै धेरैले नेतृत्वको दावी गरेका छन्। अध्यक्षको दावी गर्नेहरुमा बर्तमान अध्यक्ष शंकर भट्टराई ,उपाध्यक्ष राजेन्द्र पुडासैनी, सचिव विष्णु भट्टराई तथा उपसचिव खडानन्द लुइटेल रहेका छन्। त्यसैगरी बूढानिलकण्ठ नगर कमिटि सदस्य एबम वडा इन्चार्ज देवेन्द्र थापा ,बाबुराम चौलागाईं एबम शुसिला ढुंगेल समेत नेतृत्वको दावेदारका रुपमा रहेका छन्।

पटक पटक सहमतिका लागि छलफल भएपनि हालसम्म नेतृत्वको बिषय टुङ्गिएको छैन।


Published :मंसिर २८, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media