विकासले निम्त्याएको विनास

– एस के मानन्धर

हुम्ला । दशकयता सडक नपुगेको गाउँबस्ती बिरलै भेटिएलान् । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । नागरिकले चाहेजस्तो दैनिक नगुडे पनि बिहान बेलुका मानिस ओसार्न र कहिलेकाहीँ समान ओसारपसार गर्ने गरिरहन्छन् ।

गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् । वातावरणीय प्रभाव मुल्याङ्कन नगरी आ–आफ्नो प्रचारका निम्ती डोजर चालक तथा सहचालकले नापेका भरमा अधिकांश सडक निर्माण भएका छन् । बिनाइञ्जिनीयरिङ निर्माण भएका ती सडक हिउँदमा त चल्छन्, तर बर्खामा पूर्ण रुपमा ठप्प हुन्छ । त्यतिबेला सडक ठप्पमात्र नभई बजारमा सामाग्रीकोे अभावले बजारभाउ गरिबको ढाड सेक्नेगरी बृद्धि हुन्छ ।

पर्यावरणको ख्यालै नगरी निर्माण भएका यस्ता सडकले सयौँको घरबास उजाडी दिएको छ । हुम्लालगायत दुर्गमका थुप्रै गाउँबस्तीहरु पहिरोको उच्च जोखिममा छन् । बर्खा लाग्ना साथ उनीहरु घर छोडेर टाढा खर्कपातमा जानुपर्ने अवस्था छ ।

गाउँगाउँमा बनाइएका ग्रामीण सडकले बस्ती त जोखिममा पा¥यो नै त्योसँगै मौलिक सम्पदासमेत नष्ट गरेको पाइन्छ । पहिले गाउँका हरेक डाँडा, पाखा र बाटो छेउमा चौतारा, धर्मशाला र देउराली हुन्थे । तर, हिजो आज ती सम्पदा देख्न पाइन्छ की पाइँदैन ?

विकासका नाममा भएको ‘डोजरे विकास’ले महत्वपूर्ण इतिहास बोकेका सम्पदा नष्ट गरिदिएको छ । हामी पहिले भरियाको काम गर्ने समयमा बोकिने भारी बिसाउने ठाउँ छैन, भरिया, स्थानीयवासीले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्व नै समाप्त भएको देखिन्छ ।

२०६७-०६८ सालतिर साविकको कर्णाली अञ्चलको हुम्ला पुग्न कर्णाली चिसापानीबाट निरन्तर ७ दिन हिड्नुपर्ने हुन्थ्यो । त्यहाँ बाटोघाटोमा कलात्मक चौताराहरु थिए, पाटी पौवाहरु थिए, अहिले तिनिहरु सबै हटेर गएको देखिन्छ । सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य त छोटाइ दियो । तर, मौलिक सम्पदाको पहिचान भने मेटाइदियो ।

त्यति मात्र होईन हुम्लाको सदरमुकाम सिमकोट जाँदा वा बाजुराको सदरमुकाम मार्तडी जाँदा पनि बाटोका दर्जनौँ स्थानमा वरपिपलका चौतारा, ढुङ्गेधारा र धर्मशाला भेटिन्थे । सडक निर्माणका क्रममा ती सबै पुरिएका छन् अहिले, केही मात्रमा देखिए पनि पहिले जस्तो देखिँदैन ।

गाउँगाउँबाट एकै दिनमा सदरमुकाम जान आउन नसकिने र अहिलेको जस्तो ठाउँ–ठाउँमा बास बस्ने होटल हुँदा आफूहरु धर्मशालामा बास बस्ने गरेको हुम्ला अदानचुली १ का ६६ वर्षीय धनमल थापाको भनाइ छ । पहिले हप्ता दिन हिँडेर चिसापनी बजार जाने र त्यहाँबाट ठेटुवा लगायतका लत्ता कपडा ल्याउने जनाउँदै अहिले कच्ची सडक भएकाले एक दिन लाग्ने गरे पनि पछि पक्की सडक भए थोरै घण्टामै आउन सकिने भएको उनको भनाइ छ ।

गाउँमा कुनै पनि सरकारी काम नहुने हुँदा जिल्ला सदरमुकाममै जानु परेको स्मरण गर्दै अहिले सबै काम गाउँमा हुन थालेकोमा अत्यन्तै खुसी भएको उनको भनाइ छ । गाउँमा सडक आएपछि धेरै सहज भए पनि मौलिक सम्पदा संरक्षण गर्न तर्फ कसैको ध्यान नगएकोप्रति भने उनको गुनासो छ ।

मौलिक सम्पदा सङ्कटमा पर्दै गएको थापाको भनाइ छ । गाउँ गाउँमा सडक आए पनि नागरिकले चाहेको बेला चढ्न नपाउनाले सुविधा नभएको स्थानीय प्रदिप महताराको भनाइ छ ।

‘गाउँमा सडक आयो, धेरै राम्रो भयो । हामीहरुले धेरै दुःख पाएका थियौँ, यसरी विकास होला भन्ने कल्पना पनि गर्न सकेका थिएनौँ,’ उनले भने, ‘तर, हाम्रो सम्पदा यसरी मेटिएलान् भन्ने पनि थाहा थिएन, हाम्रा पालामा वपिपल रोप्ने, चौपारी बनाउने, धर्मशाला, पाटी पौवा बनाउने चलन थियो, त्यो चलन अहिले छैन । नयाँ पुस्ताले बनाउनुको सट्टा संरक्षण पनि गर्न सकेनन्, अहिले कहीँकतै भेटिदैनन्, उति बेला हामीहरुले बनाएका चौतारी, बास बस्ने धर्मशाला र पाटी पौवा, टाढा जानु पर्दा अहिलेको जस्तो गाडी हुँदैनथ्यो, हिँडरै पुग्नुपथ्र्यो, बास बस्नका लागि होटल हुँदैनथ्यो, त्यही पाटी पौवामा बस्नुपथ्र्याे, अहिले त होटल बने, विकास भए पनि मौलिक सम्पदाको संरक्षण गर्नुपथ्र्यो।’

अदानचुली १ का रुपचन्द्र थापाले भने बाटो बाटोमा वरपिपल रोपेर चौपारी बनाउँदा पुण्य कमाइने मान्यता राखेर वरपिपल लगाउने गर्दथे र आफूहरुले पनि त्यस्तै गर्दै आएको भए पनि अहिले त्यो चलन हराएको बताए । गाउँका हरेक पाका पुराना मान्छेले अहिले पनि त्यो चलनलाई निरन्तरता दिए पनि नयाँमा त्यो सोच नै नभएको उनको भनाइ छ ।

बाटोघाटोमा पुराना कलात्मक र ऐतिहासिक ढुंगाहरु बनाउने प्रचलन थियो र राखिएका पनि थिए । तर, अहिले सडक काट्दा खेरी तिनीहरुलाई संरक्षण गर्नुको सट्टा फुटाएर अन्य काममा प्रयोग गरिएको पाइएको छ ।

उनी भन्छन्, ‘अहिलेका पुस्तालाई विकास चाहिएको छ, घर घरमा सडक चाहियो, धारा चाहियो, सबैथोक चाहियो, तर सार्वजनिक ठाउँमा भएको सबै विनाश गर्ने परिपाटी भयो, वरपिपल लगाउनु त राम्रो कुरा हो नि, पाटी पौवा पनि राम्रो हो, मान्छे स्वार्थी बने, धर्मकर्म मान्न छोडे, विकासका नाममा सबै विनाश गर्न थाले, हामीहरुले बटुवाका लागि पानी खान कुवा संरक्षण ग¥यौँ, ढुङ्गे धारो बनायौँ, अहिले त सबै भत्काइदिए ।’

आधुनिकतालाई अगाल्नुका साथै मौलिक सम्पदाको प्रवद्र्धन र संरक्षण आवश्यक रहेको भए पनि अहिलेका नयाँ स्थानीय सरकारले त्यस्ता परम्परागत कुराहरुको प्रमत संहार गर्ने ध्यान नदिएको हरेक गाउँ गाउँका स्थानीय नागरीकहरुको गुनोसो छ ।

उनीहरुले आफ्नो नामको लागि भए पनि हरेक गाउँ गाउँमा प्रतिधिक स्टमेटबिनै सडक काट्ने तर त्यहाँ भएका प्राकृतिक,धार्मिक तथा ऐतिहासीक महत्वका सम्पदाहरुको संरक्षणमा ध्यान नदिने,गरिब पिडितहरुको जग्गा जमिनको ध्यान नदिने,यसले पछि पार्ने नकारात्मक प्रभावहरुको मुल्याङ्कन नगरी मनपरी तरिकाले सडक काटेपछि अहिले हरेक गाउँबस्तीहरू मरूभूमि बन्न थालेका छन् ।

स्थानीय सरकारले गाउँमा अन्य विकास ताततै वातावरण्ीाय प्रभाव मुल्याङ्कन बिनै डोजरहरुले खनिएका सडकहरुले पछिल्लो समय डिजास्टरमा परिणत हुन थालेका छन् ।


Published :२ पुष २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media