
बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिका अन्तर्गतका मुख्य सडकहरुमा ट्राफिक चिन्ह राखिएको छ ।
बूढानीलकण्ठ नगरपालिका वडा नं. २ र ३ क्षेत्र अन्तरगत रुद्रेश्वर, चपली र इटालीटारमा अत्याधिक सवारी दुर्घटना हुन गई धनजनको क्षति भएकोले उक्त स्थानहरुमा बुढानीलकण्ठ नगरपालीका ३ नं वडा कार्यालय र ट्राफिक प्रहरी प्रभाग, बूढानीलकण्ठको समन्वय र सहकार्यमा सवारी दुर्घटना न्यूनिकरणको लागी गति सिमितको सुचनामूलक बोर्ड राखिएको हो ।