कोशी प्रदेशको सभामुखमा राप्रपाको दाबी

काठमाडौं । कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सभामुख पदमा दाबी गरेको छ।

९३ सदस्यीय सभामा ६ सिट रहेको राप्रपाले सभामुख पदमा दाबी गरेको हो। राप्रपाका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूसँग सभामुख आफ्नो दललाई दिन आग्रह गरिएको बताए।

राप्रपाले सभामुख पाए हालको गठबन्धन सरकार सुरक्षित हुने र प्रदेश सभाको स्थायित्व पनि सुनिश्चित हुने सिटौलाले बताए।

राप्रपाबाट अम्बरबहादुर विष्टलाई सभामुखमा अघि सार्ने तयारी गरिएको छ। प्रदेशसभाको आगामी बैठक पर्सि शुक्रबार बोलाइएको छ।

कोशीमा हाल कांग्रेसका केदार कार्की मुख्यमन्त्री छन्। उनलाई मुख्यमन्त्री बनाउन सघाएको एमालेले भने सरकार छाडिसकेको छ।


Published :पुस ४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media