
बूढानीलकण्ठ। नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं १० को यही पौष १४ गते हुने तेस्रो वडा अधिवेसनले माहोल तातेको छ। बूढानीलकण्ठ – १० स्थित धोविखोला करिडोरमा रहेको कार्की इभेन्ट्समा विहान १० बजे देखि अधिवेशन सन्चालन गरिने सचिव शम्भु पौडेलले जानकारी दिएका छन्।

सो अबसरमा बूढानीलकण्ठ नगरपालिका वडा नं १० कमिटीले साविक कपन गाविस वडा नं ३ र हाल वडा नं १० बाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्ने तयारी गरेको छ ।
नेपालका जुनसुकै तहमा पनि नेकपा एमालेको तर्फबाट निर्वाचित भएर वडा नं १० मा बसोवास गर्ने जनप्रतिनिधिहरुलाई समेत सम्मान गर्ने तयारी गरेको वडा नं १० कमिटीले पुस ९ गते भित्र सम्पर्क गरी नाम दर्ता गर्नका लागि अनुरोध समेत गरेको थियो ।
त्यस्तै सो कमिटीले २०५५ साल भन्दा अघि देखि, २५ बर्ष वा सो भन्दा बढी बूढानीलकण्ठ – १० को पार्टीमा आवद्ध नेताहरुलाई पनि सम्मान गर्ने निर्णय गरेको छ ।
बूढानीलकण्ठ नगरपालिकाका १३ वटा वडाहरु मध्य दोस्रो वडा अधिवेशन गर्न लागेको वडा कमिटीले अधिवेशनको तयारीका क्रममा छलफल र बैठकलाई तीव्रता दिइएको छ ।
अधिवेसन हुन केहि दिन मात्र बाँकी रहँदा नेतृत्व कस्ले गर्ने भन्ने बिषयमा व्यापक छलफल र बहस हुँदै छ ।
नेकपा एमालेको मजबुत संगठन रहेको वडाका रुपमा पहिचान बनाएको यस वडामा दुवै स्थानीय निर्वाचनमा नेकपा एमालेले प्यानल सहित जितेको छ ।
यसैबीच उक्त अधिवेशन मार्फत अध्यक्षको रूपमा नेतृत्व लिनका लागि तिनजनाको दावी रहेको छ । अध्यक्षको दावी गर्नेहरुमा बर्तमान उपाध्यक्ष कमला कार्की ,सचीव शम्भु शरण पौडेल तथा उपसचिव नबराज देउजा रहेका छन्।
