
बूढानीलकण्ठ। नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं १० को यही पौष १४ गते हुने तेस्रो वडा अधिवेसनले माहोल तातेको छ। बूढानीलकण्ठ – १० स्थित धोविखोला करिडोरमा रहेको कार्की इभेन्ट्समा विहान १० बजे देखि अधिवेशन सन्चालन गरिने सचिव शम्भु पौडेलले जानकारी दिएका छन् ।

सो अबसरमा बूढानीलकण्ठ नगरपालिका वडा नं १० कमिटीले साविक कपन गाविस वडा नं ३ र हाल वडा नं १० बाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्ने तयारी गरेको छ ।
नेपालका जुनसुकै तहमा पनि नेकपा एमालेको तर्फबाट निर्वाचित भएर वडा नं १० मा बसोवास गर्ने जनप्रतिनिधिहरुलाई समेत सम्मान गर्ने तयारी गरेको वडा नं १० कमिटीले पुस ९ गते भित्र सम्पर्क गरी नाम दर्ता गर्नका लागि अनुरोध समेत गरेको थियो ।
त्यस्तै सो कमिटीले २०५५ साल भन्दा अघि देखि, २५ बर्ष वा सो भन्दा बढी बूढानीलकण्ठ – १० को पार्टीमा आवद्ध नेताहरुलाई पनि सम्मान गर्ने निर्णय गरेको छ ।
बूढानीलकण्ठ नगरपालिकाका १३ वटा वडाहरु मध्य दोस्रो वडा अधिवेशन गर्न लागेको वडा कमिटीले अधिवेशनको तयारीका क्रममा छलफल र बैठकलाई तीव्रता दिइएको छ ।
अधिवेसन हुन केहि दिन मात्र बाँकी रहँदा नेतृत्व कस्ले गर्ने भन्ने बिषयमा व्यापक छलफल र बहस हुँदै छ ।
नेकपा एमालेको मजबुत संगठन रहेको वडाका रुपमा पहिचान बनाएको यस वडामा दुवै स्थानीय निर्वाचनमा नेकपा एमालेले प्यानल सहित जितेको छ ।
यसैबीच उक्त अधिवेशन मार्फत अध्यक्षको रूपमा नेतृत्व लिनका लागि तिनजनाको दावी रहेको छ । अध्यक्षको दावी गर्नेहरुमा बर्तमान उपाध्यक्ष कमला कार्की ,सचीव शम्भु शरण पौडेल तथा उपसचिव नबराज देउजा रहेका छन्।
