आबश्यक परे मतदान प्रक्रियामा जान तयार छु – कमला राना मगर

बूढानीलकण्ठ ।  नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं १० को आज  पौष १४ गते  तेस्रो वडा अधिवेसन हुँदै  छ। बूढानीलकण्ठ – १०  स्थित धोविखोला करिडोरमा रहेको कार्की इभेन्ट्समा विहान १० बजे देखि शुरु हुने अधिवेशनमा बर्तमान उपाध्यक्ष कमला राना मगर(कार्की) ले आफ्नो अध्यक्षमा दावेदारी प्रस्तुत गरेकी छन् । राश्ट्रपाटी सग कुराकानी गर्दै उनले आफु आबश्यक परे मतदानको प्रक्रियामा जान समेत तयार रहेको जानकारी दिएकी छन् ।

तपाईंको उम्मेदवारी किन भन्ने प्रश्नमा उनको भनाइ जस्ताको तस्तै –
– पालो कुर्नु र दिनुपर्छ भन्ने प्रणाली स्थापना गर्न
यस  अघि म उपाध्यक्षको जिम्मेवारीमा थिए र अबको पालो अध्यक्षनै भएकोले ।
-पन्चायत र माओबादिको समेत पीडा सङ्गालेकोले
म सहिद परिवारको महिला पनि हो। तत्कालिन पन्चायतले अ- त-( अन्तर्राष्ट्रिय तत्व) को  ट्याग भिराएर  मेरो पारिवारिक अबस्थालाइ तहसनहस पार्दाको  दुख र पिडाको साक्षी  छु। पन्चायतको बिरोध गरे बापत १५ बर्सको कलिलो उमेरमै  जेल/ नेललाइ हासी हासी सामना गर्ने र शान्ति  प्रकृयापछि पनि माओबादिले हत्या गरेको एक मात्र ब्यक्ती मेरै परिवार भित्रको ब्यक्ती हो भन्ने कुरा यहा समक्ष राख्न चाहे । यस्तो विषम परिस्थितिमा पनी तत्कालिन माले र हालको एमाले; एमालेको  जनताको बहुदलिय जनावाद प्रती अबिचलित;  अटल र निस्ठावान रहि पार्टीको हरेक मोर्चामा म सहभागी छु।बिगतमा ओखलढुंगा काठमाडौ सम्पर्क मन्चको कार्यसमितिमा रहेर लामो समय काम गरेकी छु र  यसै वडाको टोल कमिटिको विभिन्न भुमिका र अनेमसंघ समेतमा काम गरेको अनुभव  लुकेको छैन।पछि भूगोलको जिम्मेवारी लिने इच्छाशक्ति बोकेर बिगत दुई बर्ष देखि यस  वडा कमिटीमा  कार्यरत छु र सकृय छु।

-आधा आकासको न्याय; सशक्तिकरण र समावेशीता
महिला ससक्तिकरण; महिला सह्भागिताको वारेमा पटक पटक धेरै मंचहरुमा बोलेको सुनेकि छु। यस्तो खुला र महान बिचारको प्रतिनिधित्व पूरा गर्न अर्थात बोलेको कुरा गरेर देखाउन पनि म उम्मेदवार बन्दैछु ।

-प्रश्नहरुको घेराबन्दिमा नपर्नको लागि
राजनीतिमा महिला सहभागिताको सवालमा एमाले प्रति आइरहेका र पछि आउन सक्ने प्रस्नहरु नआओस भन्नको  लागि पनि म उम्मेदवार बन्दैछु।

-अबसर नगुमाउनको लागि
महिलाको सहभागिताको लागि यस  वडाले प्राप्त गरेको ऐतिहासिक अबसरको जस लिन र इतिहासले भाबी दिनमा तपाईं हामी उपर “बोल्छौ एउटा- गर्छौ एउटा”भनेर आरोप नलगावस भन्नको लागि ।

बामपंथी भएर महिलाको खातिर धेरै बोल्यौ; लेख्यौ; गायौ र नाच्यौ। अब आफ्नै बोलिलाइ न्याय गरौ। त्यसो भएमा
वडाको नेतृत्वको सवालमा कम्तिमा  ५२ प्रतिसत महिलाको न्याय होला ।  सहिदको सम्मान होला। पालो पख्ने बानिको बिकास होला । त्यसैले मलाइ निर्बिरोध अध्यक्ष निर्वाचित गर्ने वातावरण बनाउन  र सो हुन नसके  अमुल्य मतबाट निर्वाचित  गर्नुहुन सबै संगठित सदस्यहरुलाइ  नम्र निवेदन गर्दछु।

अन्त्यमा हिजैमात्र  एक स्थानिय अनलाइन पत्रीकाले बर्तमान सचीव शम्भु  पौडेलको हवाला दिएर नेतृत्वमा मेरो( कमलाको) दावी छैन भन्ने आसयको समाचार छापेछ।  समाचार पढ्नुभएकै होला। मैले सत्यवादि युधिस्ठिर सम्झे ” नरो वा कुन्जरो वा; अस्वथामा हतोहत” भनेर  युगकै सत्यवादि राजाले त सत्ताको लागि झुट बुझ्ने गरि बोलेका थिए। यस्ता झुटा कथाहरु सत्ताका लागि कथिन्छ। मेरो केही भन्नुछैन। यस्ता झुटको खेतिले मेरो उम्मेदवारि झन स्थापित र प्रभावकारी भएको ठानेकी छु।(कमला राना मगर संगको कुराकानीका आधारमा तयार पारिएको )


Published :पुस १४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media