
बूढानिलकण्ठ। नेकपा एमाले बूढानिलकण्ठ नगरपालिका वडा नं ९ को वडा अधिवेशन सम्पन्न भएको छ। उक्त वडा अधिवेशनबाट अध्यक्षमा नेत्र कुमार कुइँकेल निर्वाचित भएका छन् भने उपाध्यक्षमा रबिन कुमार खत्री र सचिवमा पुष्पा देवी भण्डारी , उपसचिवमा दिपेन्द्र बहादुर थिङ्ग र अमृता त्रिपाठी जोशी चयन भएका छन्।
उक्त अधिवेशनबाट वडा कमिटीको सदस्यहरुमा लाल बहादुर खड्का,सन्तोष मणि ढुंगाना , प्रकाश न्यौपाने,उद्दव प्रसाद गुरागाई,दिलिप कुमार परियार,मक बहादुर नेपाली,सावित्री पाण्डे,सुस्मिता शाही ,जिना तामाङ ,प्रसिता थिङ्ग ,सिता देवी कटवाल ,इन्दिरा कुमारी थापा र फुलथुंगा कामि निर्वाचित भएका छन् ।
यसैबीच नेकपा एमाले बूढानिलकण्ठ नगरपालिका वडा नं ९ मा निर्वाचित अध्यक्ष र सचिव सुखानी हत्याकाण्डका शहिद परिवारका सदस्यहरु रहेको नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटि अध्यक्ष दिपक निरौलाले जानकारी दिएका छन् ।
त्यसै गरि सचिवमा निर्वाचित पुष्पादेवी भण्डारी नेपाली बिषयमा त्रिभुवन विश्वविधालयबाट विद्याबारिधि गर्ने क्रममा रहेकी छन्।