अर्घाखाँचीमा जीप दुर्घटना, दुईजनाको मृत्यु, २ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको ढाकाबांगमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

भूमिकास्थान नगरपालिका-२ को ढाकावाङ्ग थापाडाँडामा लु १ ज १६७९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटना स्थलमै मृत्यु भएको  १ नम्बर वडाका अध्यक्ष गोपाल खनालले बताए ।

दुर्घटनामा भूमिकास्थान-२ मुलटंकीका अन्दाजी ३२ वर्षीय देवा बेल्वासे र सन्धिखर्क ८ खापडाँडाका अन्दाजी ४० वर्षीया डेमकला बेल्वासेको मृत्यु भएको स्थानीय टेकराज भुसालले बताएका छन्।

त्यस्तै घटनामा पणेना-१ का कपिला खनाल पोख्रेल र सर्मिक पोख्रेल घाइते भएका छन्। घाइतको अवस्था सामान्य रहेको र उपचारका लागि सन्धिखर्क पठाइएको छ।

घटनाबारे अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । गाडी करिब १५० मिटर तल झरेको थियो ।

 


Published :माघ २०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media