अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

मेल्लेख ।  अछाममा आगलागी हुँदा दुई  जनाको मृत्यु भएको छ।

मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटी दर्बाको गैरामा आज साँझ आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

घर नजिकै बालेको आगो गोठमा सल्किँदा ६ बर्सकी निरुता बुढा र ३ बर्सका अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।


Published :माघ २४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media